नरेश गौतमको चमेली म्युजिक भिडियो सार्वजनिक

Shanti Entertainment USA
नरेश गौतम नेपाली गीत संगीतामा कुनै नौलो नाम भने होईन ।परदेशी भुमीमा रहेर पनि आफ्नो भाषा कला र साहित्यको संरक्षण का लागि निरन्तर लागी परिरहेका छन । सुमधुर स्वरका धनी गायक नरेश गौतमले नेपाली गीत संगीत मा धेरै योगदान पुर्‍याएका छन । पछिल्लो पटक आफ्नै आवज मा रहेको चमेली बोलको गीत को बहुप्रतिक्षित म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द भने गीतकार नारायण भारतीरहेको छ । यस बहुप्रतिक्षित म्युजिक भिडियोमा उत्कृष्ट नायक दिलिप राय माझी र उत्कृष्ट नायिका केकी अधिकारीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा संगीत  एन के ब्रदर्स को छ भने एरेन्ज उदय राज पौडेलको छ । यो म्युजिक भिडियो फरक भएकै कारण पनि एकचोटी हेर्नै पर्ने सम्पूर्ण टिमले जानकारी दिएका छन ।